site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले पोखराबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ जामुनेबोटका ३८ वर्षीय नरबहादुर बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा आज वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई ९ एमएम अटो पेस्तोल र पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

उनको साथबाट एउटा मोटरसाइकल, १६ हजार रुपैयाँ र एउटा किप्याड मोबाइल फोन पनि बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro