site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम स्वीकृति २ मिनेट ४४ सेकेन्डमै दिइरहेका छौँ : मन्त्री अर्याल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृती दुई मिनेट ४४ सेकेन्डमा दिइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री अर्यालले यसरबारे जानकारी दिएका हुन् ।

बैठकमा सांसदहरूले एक घण्टामा श्रम स्वीकृति दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरू अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरूले दुःख नपाउने धारणा राखेका थिए ।

KFC Island Ad
NIC Asia

जवाफमा मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे/नपुगेको हेरेर मात्र स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे । उनले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेट ४४ सेकेन्डमै दिने गरिएको दाबी  गरे । उनले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहेको पनि बताए ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा 'फ्री भिसा, फ्री टिकट'को कुरा गरिने भए पनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेको पनि बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro