site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
Sarbottam CementSarbottam Cement

महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका १५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।  

बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति प्रयास भइरहको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गरेका छन् ।  

मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन् । 

Global Ime bank

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई पकाउने भाँडा प्रदान गरेको बताएको छ । महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !