site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
के हो ‘हाई क्लाउडी’ बदली ? यस्तो अवस्थामा पानी नपर्ने हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रि–मनसुन गतिविधि थप सक्रिय हुँदा आजबाट बदली सुरु भएको छ । बदली हुँदा तापक्रम भने घट्नेछ । बदली हुँदा तापक्रम घट्ने र वर्षाको सम्भावना हुने मौसमविद्को भनाइ छ । 

आजबाट पश्चिमी वायु केही सक्रिय भएको मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । पश्चिमी वायु सक्रिय भए पनि ‘हाई क्लाउडी’को अवस्था छ । ‘हाई क्लाउडी’ भन्नाले सामान्य अवस्थामा भन्दा बादल माथि हुनु हो । यस्तो अवस्थामा बदली भए पनि वर्षाको सम्भावना भने न्यून हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाई क्लाउडी भएकाले बदली भए पनि वर्षाको सम्भावना भने न्यून हुन्छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “वर्षा भए पनि हल्का मात्रै हुन्छ । ठूलो वर्षा हुँदैन ।” हाई क्लाउडीमा बिहानैदेखि वर्षा हुने सम्भावना निकै न्यून हुन्छ । यस्तो अवस्थामा अपराह्नपछि मात्रै मेघगर्जन र वर्षाको सम्भावना हुन्छ । मेघगर्जन भए पनि वर्षा नहुने सम्भावना पनि ‘हाई क्लाउडी’मा उच्च हुने उनको भनाइ छ ।  

यद्यपि, मनसुन गतिविधि आजबाट थप सक्रिय भएकाले वर्षाको सम्भावना बढेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा पश्चिमी वायु थप सक्रिय हुँदा आजबाट केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । 

Global Ime bank

“पश्चिमी वायु केही सक्रिय हुँदा आजबाट गण्डकीदेखि सुदूरपश्चिम प्रदेशसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी क्षेत्रमा वर्षा हुनेछ,” मौसमविद् मानन्धर भन्छिन्, “तर ठूलो वर्षा हुने होइन । सामान्य वर्षा हुने हो । कतिपय ठाउँमा छिटपुट वर्षा मात्र हुनेछ ।” 

कोसी प्रदेशमा भने वेष्ट बंगालबाट आएको प्रणालीले पहाडी भू–भागमा बदली र वर्षा गराउने सम्भावना रहेको उनको भनाइ छ । तर त्यहाँ पनि सामन्य वर्षा मात्र हुनेछ । वेष्ट बंगालबाट आएको प्रणालीको कोसी प्रदेशको पहाडी भू–भागमा मात्रै प्रभाव रहने उनी स्पष्ट पार्छिन् । त्यो प्रणाली अरु प्रदेशसम्म फैलिने छैन । 

यो प्रणाली सक्रिय भएर बदली भए पनि तराईका भू–भागमा भने वर्षाको सम्भावना छैन । यद्यपि, बदली हुँदा तराई क्षेत्रको तापक्रम भने घट्न सुरु भइसकेको छ । “बदलीले गर्दा तराई क्षेत्रमा केही हप्तायता बढेको तापक्रम केही कम भने भएको छ । दुई–तीन डिग्री तापक्रम कम भइसकेको छ,” मौसमविद् मानन्धरले भनिन् । यो प्रणाली करिब यो हप्ताभर नै रहनेछ ।

काठमाडौंमा पनि ‘हाई क्लाउडी’ रहेकाले वर्षाको सम्भावना रहने तर यो निकै न्यून रहेको उनको भनाइ छ । “काठमाडौंमा पनि हाई क्लाउडी भएकाले वर्षाको सम्भावना छ, तर न्यून,” उनले भनिन्, “अपराह्नतिर मेघगर्जन हुने तर वर्षा नहुने सम्भावना पनि रहन्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय