site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङलाई वाम विरासत जोगाउने चिन्ता 

इलाम । मध्य वैशाखको प्रचण्ड गर्मी । त्यसमाथि उपनिर्वाचनको रापतापले बलेको इलाम । बुधबार मध्याह्न १२ बजेतिर चुलाचुली गाउँपालिकाको २ नम्बर वडा स्थित स्वामी चोकमा देखिए सुहाङ नेम्वाङ । 

सन्दर्भ उपनिर्वाचनकै हो । उनी अन्तिमा चुनावी आमसभा गर्न यहाँ आइपुगेका हुन् । नेपाली पहिरनमा चटक्क सजिएर आएका उनी सबैको केन्द्रविन्दुमा परे । 

उनी भोट माग्दै अघि बढिरहे । उपस्थित मानिसहरू उनीसँग सेल्फी र तस्बिर खिचाउन तछाड मछाडमा लागे ।  उनी पुगेको केही बेरपश्चात् मात्र चुनावी आमसभा सुरू भयो । प्रमुख अतिथि निम्त्याइएका थिए एमाले अध्यक्ष केपी शर्मा ओली । 

मन्चमा खचाखच नेताको उपस्थिति ।  कुनै समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका किचन क्याबिनेट सदस्य हरिवोल गजुरेलले तितो इतिहास बिर्सिएर सुहाङलाई मतदान गर्न अनुरोध गरेपछि तलबाट ताली बज्यो ।

“एकपटक वामपन्थी गठबन्धनलाई लागि इलामले सन्देश दिनुपर्छ । इतिहासको तितो बिर्सेर अहिलेको निर्वाचन जित्न जरूरी छ,” गजुरलको अनुरोध थियो । 

जब सुवास सम्झिएर भक्कानिए...

हृदयघातका कारण गएको २०८० भदौ २६ गते पिता सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् सुहाङ अकस्मात राजनीतिमा आउनुपरेको हो ।  उनको काधमा दुईवटा मुख्य जिम्मेवारी छ ।  पहिलो पिता सुवासको विरासत जोगाउने र राजनीतिलाई अघि बढाउने । यस्तै पार्टीअध्यक्ष केपी शर्मा ओलीको पनि विश्वास जोगाउने । 

बुधबारको कार्यक्रममा पनि मन्तव्य राख्ने क्रममा सुहाङ भक्कानिए । पिता र उनले छाडेर गएको जिम्मेवारी उनले सम्झिए । 

“बुबासँग खेलेको दिन, बिताएको पल याद आउँछ,” भक्कानिँदै उनले भने, “बुवाले इलामे जनताको शिर झुकाउनेगरी कहिल्यै काम गर्नुभएन । शिर झुक्न दिनुभएन इलाम र इलामबासीको शिर सधै उच्चो बनाउनुभयो ।”
आफू निर्वाचनको दौरान ४२ वटै वडामा पुग्दा आफूले विगत सम्झिएको उल्लेख गरे । 

साथै उनले विशेष परिस्थितिमा चुनाव भएकाले बुबालाई जस्तै जिम्मेवारी आफूलाई दिन अनुरोध गरे । 

सुहाङलाई दोस्रो चुनौती भनेको वाम विरासत जोगाउनु हो ।  किनभने इलाम क्षेत्र वाम किल्लाको रूपमा लिइन्छ । यहाँ सुवासले कहिल्यै चुनाव हार्नुपरेन । ०५२ सालदेखिको निर्वाचन उनले निरन्तर जितेका थिए ।

किनभने गएको निर्वाचन सुवासले ११४ मतको झिनो जित निकालेका थिए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro