site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमाको प्रचारमा फरक अभ्यास गर्दै ‘मनसरा’ टिम
Tiktok banner adTiktok banner ad

काठमाडौं । समय फेरियो, कलाकार फेरिए, विषयवस्तु फेरिए, कथा भन्ने शैली पनि फेरियो । तर सिनेमाको प्रचार गर्ने तरिका फेरिएन । वर्षमा एकाध चलचित्रले विदेशी प्लेटफर्म पनि पाउन थाले । तर पनि चलचित्रकर्मीमा ठूलो बदलाब आउन सकेन । पुरानैमा रमाइरहे ।  

जस्तै ? 

पब्लिसिटी ।  

नेपाली चलचित्र उद्योगले लामो समय विताए पनि पब्लिसिटीका लागि अझैसम्म विशेष तौरतरिका अपनाउन सकेको छैन । सडकका पर्खाल र घरका भित्तामा पोस्टर टाँस्ने चलचित्रकर्मीले समय डिजिटल युगमा प्रवेश गरेपछि तिनै पोस्टर सामाजिक सञ्जालका भित्तामा पोष्ट गर्न थाले । यसलाई चलचित्रकर्मीले रचेको तौरतरिकाभन्दा पनि समयले लतारेर लगेको अवस्था भनेर टिप्पणी गर्न सकिन्छ । चलचित्र रिलिजको पूर्वसन्ध्यामा कलाकारलाई लिएर देशका मुख्य सहर घुम्ने र सिनेमाका कन्टेनलाई लिएर एकाध प्रतिस्पर्धा गराउनेबाहेक प्रचारको नयाँ शैली कसैले अपनाएको देखिँदैन । यसलाई उलेख्य मान्न सकिन्न । यसलाई सायद नेपाली सिनेमा जगत र यससँग जोडिएका व्यक्ति कति क्रिएटिभ छन् भनेर मूल्यांकन गर्ने आधार बनाउन सकिन्छ । 

पब्लिसिटीमा नयाँ डिजाइनको अभावबीच चलचित्र ‘मनसरा’ले केही फरक गर्ने प्रयास भने गरेको छ । रिलिजको पूर्वसन्ध्यामा देशका मुख्य सहरमा कविता कन्सर्ट गरिरहेको छ । 

पश्चिम नेपालबाट सुरु कविता कन्सर्ट पूर्वी नेपालमा पनि सुरु भएको छ । 

बुटवलबाट सुरु भएको कविता कन्सर्ट देशका ठूला सहरमा हुनेछ । बुटवलमा क्यूएफएक्स हलमा भएको कार्यक्रममा साहित्यिक माहोल थियो । विभिन्न साहित्यिक संघसंस्था र साहित्यकारको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सुरुआत साहित्यकार गिरिसले लामो कविताको न्यारेटिभ दिएर उपेन्द्र सुब्बालाई स्वागत गरेका थिए । गिरिसले उपेन्द्रलाई स्टेजमा बोलाए । उनले आफ्नो कविता वाचन गरेर नायिका मिरुना मगरलाई बोलाए । मिरुनाले आफ्नै आमा शशि सुब्बाले लेखेको कविता वाचन गरिन् । मेनुका प्रधानले नवीन प्राचिनले लेखेको कविता ‘प्वाँख’ सुनाइन् । प्रविण खतिवडाले आफ्नै र उपेन्द्रको ‘खोलको गीत’बाट दुइटा कविता सुनाए । 

बुटवलपछि सिनेमाका निर्देशक र कलाकार पोखरा पुगे । जहाँ उनीहरूले सरुभक्तलाई भेटे । प्रकट पगेनीलाई सम्झिए । र बुटवलको जस्तै कार्यक्रम गरे । 

“पूर्वतिर पनि सायद यस्तै कार्यक्रम हुन्छ होला । हामीसँग केही कविता र कवितासंग्रह छन् । त्यसबाटै कविता पढ्नेछौँ,” प्रविण बाह्रखरीसँग भन्छन् ।

आज (बुधबार) १२ गते विर्तामोड र उर्लाबारीबाट माथि टाँडीमा कविता कन्सर्ट गर्ने मनसरा टिमले १३ गते दमक र धरानमा कविता वाचन गर्नेछ । १४ गते इटहरी र बेलबारीमा कविता कन्सर्ट गर्ने टिमले विराटनगरमा पनि यस्तै कार्यक्रम गर्नेछ ।

बुटवल र पोखरामा देखिएको अनुभवले केही फरकसँगै प्रभावकारी पनि हुने आंकलन आफूहरूले गरेको प्रविण बताउँछन् । “कहिल्यै सिनेमा नहेरेका र पहिला हेरे पनि लामो समयदेखि हलमा नगएका साहित्यकारमा कवितासँगै सिनेमाका पनि कुरा भएकाले यसको प्रभाव हलमा पनि पर्छ कि भन्नेछ,” उनी अगाडि थप्छन्, “नियमित रूपमा हलमा आउने दर्शकमा त हाम्रो सिनेमाबारे जानकारी पाइरहनु भएकै छ, सिनेमाबाट छुटेको समूहलाई पनि समेट्ने प्रयास गरेका छौँ ।”

समाजमा राम्रो छवि बनाएका व्यक्ति हलमा गएर चलचित्र हेर्दा राम्रो लागे त्यसको वर्डअफ माउथले बलियो काम गर्ने उनीहरूको पूर्वानुमान छ । 

कवि समेत रहेका निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘मनसरा’मा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro