देश
काठमाडौं । काठमाडौं उपत्यकामा अब थप सात स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमाबापत्को सेवा दिइने भएको छ । स्वास्थ्य बिमा बोर्डले काठमाडौं र ललितपुरमा गरी थप सात केन्द्रलाई प्राथमिक सेवा विन्दु तोकेको हो ।
काठमाडौं महानगरको वडा नम्बर १४, १९, २६, ३० का सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र वडा नम्बर ८ को प्राथमिक सेवा केन्द्र छन् । यस्तै, नागार्जुन नगर अस्पताल र लतिपुरको यल स्वास्थ्य केन्द्रलाई पनि प्राथमिक सेवा विन्दु तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ १६:०८
प्रतिक्रिया दिनुहोस्