अर्थ व्यवसाय
काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार झिनो अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा झरेको छ ।
३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ १५:११
प्रतिक्रिया दिनुहोस्