site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक महिनामै दोब्बरले बढ्यो हरियो तरकारीको मूल्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार सुकेको तरकारीभन्दा हरियो तरकारीको मूल्य अत्यधिक बढेको हो ।

समितिका अनुसार गत चैत ११ गतेयता चमसुरको साग, तोरीको साग, बकुल्ला, डल्ले च्याउ, हरियो प्याज, सिमी, रायोको साग, स्कुसलगायत हरियो तरकारीको मूल्य अत्यधिक बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक महिनाअगाडि प्रतिकेजी ४५ रुपैयाँमा पाइने बकुल्ला अहिले ११० रुपैयाँ पर्ने गरेको छ । त्यस्तै, प्रतिकेजी १२६ रुपैयाँ पर्ने कन्य च्याउ अहिले १८० रुपैयाँ पुगेको छ । डल्ले च्याउ पनि चैत ११ गते प्रतिकेजी २६३ रुपैयाँमा बिक्री भएको थियो । तर, अहिले यो च्याउको मूल्य प्रतिकेजी ३७५ रुपैयाँमा पुगेको छ । 

त्यस्तै, ब्रोकाउलीको मूल्य पनि एक महिनाको अवधिमा ७० प्रतिशतले बढेको छ । हरियो लसुनको मूल्य प्रतिकेजी ५२ प्रतिशतले बढेको छ । चैतमा प्रतिकेजी ११५ रुपैयाँमा पाइने हरियो लसुन अहिले १७५ रुपैयाँ पर्ने कालीमाटी बजार विकास समितिले जनाएको छ ।

Global Ime bank

अदुवाको मूल्य पनि प्रतिकेजी ३०.९० प्रतिशतले वृद्धि भएको छ । यसका साथै फलफूलको मूल्य पनि गर्मी लागेसँगै बढ्दै गएको छ । अंगुरको मूल्य एक महिनाको अवधिमा ३५.७१ प्रतिशतले बढेको छ । भारतीय मेवा, नेपाली मेवा, कीबी, एभोगाडो, जुनार, भुइँकटहरको मूल्य पनि बढेको छ ।

tarakari-1713954001.png
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय