राजनीति

काठमाडौं । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ ।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय बैठक बसेको हो ।
होटेल सोल्टीमा बसेको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि द्विपक्षीय बैठक बसेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्