site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय विदेशमन्त्री भन्छन्– सीमा  क्षेत्रमा खतराको जवाफ दिने प्रणाली बनाउनुपर्छ 
Sarbottam CementSarbottam Cement

हैदरावाद । भारतका विदेशमन्त्री एस जय शंकरले भारतको सामुन्ने सीमामा केही चुनौती रहेको बताएका छन् । मंगलबार हैदरावादमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “ती चुनौतीबाट बच्ने उपाय केवल सार्वजनिक रुपमा आफ्नो छबि बनाउने काम नभएर आवश्यक ढाँचाको संरचना निर्माण, सेनालाई मद्यत गर्ने र यस्तो प्रणाली बनाउने हो जसले सीमाको खतराको अवस्थामा जवाफ दिन सकोस् ।”

उनले सन् २००८मा भएको मुम्बई हमलालाई लिएर तत्कालीन युपीए सरकारलाई समेत आरोप लगाएका छन् । उनले भने, “सन् २००८मा भएको मुम्बईमा आतंकवादी आक्रमणको जवाफी कारवाही तत्कालीन सरकारले यस तर्कका आधारमा गरेन कि पाकिस्तानमाथि हमला गर्नु केही पनि नगर्नु भन्दा महंगो साबित हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले  ‘फरेन पोलिसी द इन्डिया वे : फ्रम डिफिडेन्स टू कन्फिडेन्स’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

उनले तत्कालीन भारतीय सरकारको आलोचना गर्दै सो सरकारले रक्षात्मक भएर आतंकवादलाई स्वीकार गरेको जनाएका छन् ।

Global Ime bank

उनले भने, “मुम्बई हमलापछि यूपीए सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले लेखेका थिए—हामी बस्यौं । हामीले बहस गर्‍यौं । हामीले सबै विकल्पमा विचार गर्‍यौं । फेरि हामीले केही पनि नगर्ने फैसला गर्‍यौं । यो महसुस भयो कि पाकिस्तानमाथि हमला गर्नुको मूल्य उसमाथि हमला नगर्नु भन्दा ज्यादै धेरै हुनेछ ।” बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय