site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्रलाई बलियो बनाउन आ–आफ्नो भूमिकालाई परिष्कृत गर्नुपर्छ : सचेतक बराल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भूमिका थप परिष्कृत बनाउन जरुरी रहेको बताएकी छन् ।  

लोकतन्त्र दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित ‘लोकतान्त्रिक प्रणाली नीति, नेतृत्व र नैतिकता’ विषय छलफल कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र नागरिक समाजले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफ्नो भूमिका थप परिष्कृत बनाउनुपर्ने बताएकी हुन् । सचेतक बरालले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राखिन् । 

Dabur Nepal
NIC Asia

उनले हालसम्म प्राप्त अनुभव र अनुभूतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनै पनि समस्या नहुने विश्वास व्यक्त गरिन् । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमान्दार ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

"लोकतन्त्रलाई बलियो बनाउनका लागि तपाईं, हाम्रो भूमिका थप परिष्कृत बनाउन जरुरी छ । अनुभव र अनुभूतिका विषयहरू कहिल्यै पनि गलत हुँदैनन् भन्ने कुरामा म तपाईंहरूसँगसँगै छु । तर यो सँगसँगै तपाईं हामीले सहकार्य गर्दैगर्दा सामाजिक संरचना भित्र देखिएका नैतिकता विषय र हामीले नेतृत्वलाई गर्दै आएको खबरदारीको विषयलाई भने सँगसँगै निरन्तरता दिउँ," उनले भनिन् । 

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने बताइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro