site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प यौन प्रकरणको मुद्दामा सुनुवाइ सुरु, प्रमाण मेटाउन खोजेको अभियोग
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा अभूतपूर्व आपराधिक मुद्दाको सुनुवाइ गर्दै अभियोजकले ट्रम्पका तर्फबाट षडयन्त्र गरिएको र प्रमाण मेटाउने काम भएको अभियोग लगाएका छन् ।

सोमबार यस सम्बन्धी सुनुवाई भएको हो । अभियोजकले अदालतमा भनेका थिए,“व्यावहारिक ज्ञानबाट नै जुरीलाई उनी दोषी भएको महसुस हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पलाई घूस दिनका लागि कारोबारको रेकर्डमा हेरफेर गरेको भन्ने आरोप रहेको छ ।  तर, ट्रम्पले सो कुरा अस्वीकार गर्दै आएका छन् । ट्रम्पमाथि सन २०१६को राष्ट्रपति चुनाव अघि पोर्न अभिनेत्रीको मुख बन्द गर्नका लागि पैसा दिएको र सो सम्बन्धी रेकर्ड हेरफेर गरेको भन्ने आरोप लगाइएको छ । 

ट्रम्पले २०१६को राष्ट्रपति चुनाव जितेका थिए । सोमबार मुद्दाको सुनुवाइको क्रममा न्यूयोर्कस्थित अदालतमा मानिस खचाखच भरिएका थिए । 

Global Ime bank

ट्रम्पले वकिलहरुलाई आफू निर्दोष भएको जनाउँदै मुद्दाको सुनुवाई हुनुअघि उनले अदालती कारवाहीलाई चुनावी प्रक्रियामा दखल दिन खोजिएको आरोप लगाएका थिए । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति चुनाव हुँदैछ र ट्रम्प पनि एक मुख्य दाबेदार रहेका छन् । 

पोर्न अभिनेत्री स्टार्मी डेनियल्सले ट्रम्पले उनको साथ यौन सम्पर्क गरेको  जनाएकी थिइन् । तर, ट्रम्पले सो कुरा अस्वीकार गर्दै आएका छन् । ट्रम्पका तर्फबाट डेनियल्सको मुख बन्द गर्नका लागि एक लाख ३० हजार डलर घूस दिइएको भनिँदै आएको छ । यस मामिलामा अभियोजनका मुख्य साक्षी माइकल कोहेन हुन् । उनले नै डेनियल्सलाई ट्रम्पका तर्फबाट पैसा दिइएको बताइएको बीबीसीमा समाचार प्रकाशित छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement