site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतले अवैध आप्रवासीलाई रूवान्डा* पठाउने
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायतको संसदले आफ्नो देशमा शरण लिन चाहने विदेशी नागरिकलाई मध्य अफ्रिकी मुलुक रूवान्डामा पठाउने सम्बन्धी विधेयक सोमबार पास गरेको छ । झण्डै दुईवर्ष लामो विवादपछि सो विधेयक संसदबाट पास भएको हो ।  

प्रधानमन्त्री ऋषि सुनकले सो विधेयक पास हुनु अघि बोल्दै प्रवासीलाई रुवान्डा पठाउनका लागि चाँडै एकतर्फी उडान सुरु गरिने बताएका थिए । उनले अवैध प्रवासीलाई बेलायत आउन नदिनका लागि त्यसो गर्न लागिएको जनाए । 
अवैध प्रवासीलाई फ्रान्सको बाटोबाट बेलायतमा आउनबाट रोक्नु विधेयकको मुख्य उद्देश्य रहेको जनाइएको छ । बेलायती राजाले लालमोहर लगाएपछि लागु हुने यो कानुनमा  केही कानुनी चुनौती पनि आउन सक्ने जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सर्वेक्षणका अनुसार बहुसंख्यक बेलायती यसको समर्थनमा नै रहेका छन् ।  तर, थुप्रैको भनाइ के पनि छ भने यो नैतिक रुपले गलत हुनुका साथै खर्चिलो पनि छ । विधेयकले पटक पटक विरोध र संशोधन खेप्नु परिरहेको बीबीसीले समाचारमा जनाएको छ ।

सच्याइएको*

Global Ime bank

यसअघिको समाचारमा रूवान्डा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement