site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्रीहरू भन्दैछन् - यस सरकारलाई असफल हुने छुट छैन । हुन पनि बृहत्तर राष्ट्रिय हितका लागि संसदीय अभ्यासलाई समेत पन्छाएर संसद्का दुई ठूला दलले गठन गरेको संयुक्त सरकारसमेत असफल भयो भने शासन पद्धतिप्रति नै जनतामा वितृष्णा बढ्न सक्छ ।  

विगतमा राजनीतिक पद्धति परिवर्तन हुँदासमेत जनताले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई विश्वास गरिरहे । हुनत, विस्तृत शान्ति सम्झौतालगत्तै २०६४ मा भएको निर्वाचनमा भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको नेकपा (माओवादी)लाई पनि जनताले संसद्को सबैभन्दा ठूलो दल बनाएका थिए । तर, त्यो एउटा चुनावमै सीमित रह्यो । 

KFC Island Ad
NIC Asia

नेपाली जनताले चुनावमा कांग्रेस र एमालेलाई नै विश्वास गरिरहे पनि ती दलका नेताहरूप्रति भने जनता सन्तुष्ट देखिँदैनन् । हुन पनि राजनीतिक दलका नेताहरूको आचरण, वचन र व्यवहारका साथै कार्यसम्पादन कुनैमा सन्तोष मान्न सकिने ठाउँ नै अहिलेसम्म देखिएको छैन । 

यसो त नयाँ सरकारले काम थालेकै छैन । ठूला दुई दल मिलेर सरकार बनाउने निर्णय गर्नेबित्तिकै सेयर बजारले सकारात्मक प्रतिक्रिया देखाएको थियो । साथै, निजी क्षेत्र पनि नयाँ सरकारप्रति अपेक्षाकृत बढी आश्वस्त देखिएको छ । राज्यका अरू संयन्त्रले पनि  उत्साह त होइन एकप्रकारको खुकुलोपन अनुभव गरेको भान परेको छ । 

यति धेरै सबल पक्ष हुँदाहुँदै पनि सरकार गठनका क्रममा देखिएका केही विसङ्गति र प्रदेश सरकारहरूमा देखिएको पद लोलुपताले गर्दा जनता भने सरकारप्रति छिटै नै निराश हुनपुगे । संघमै विवादमा मुछिएकालाई मन्त्री बनाइयो भने समावेशी सिद्धान्तलाई पूरै बेवास्ता गरेर दलितविहीन सरकार बनाइयो । 

विवादमा परेका व्यक्तिलाई मन्त्री बनाउन कुप्रवृत्तिको पराकाष्टा लुम्बिनी प्रदेश सरकारमा देखियो । एक जना हत्या र अपरहणको आरोप लागेको र अर्को गुण्डागर्दीको आरोपमा थुनामा बसिसकेको व्यक्ति मन्त्री नियुक्त गरिए । लुम्बिनीमै मुख्यमन्त्री बनाउँदा संसदीय दलको नेतालाई पन्छाइयो । 

बाग्मति प्रदेशमा मन्त्रालय नै १३ बनाइयो छ भने १४ जना मन्त्री नियुक्त गरिएका छन् । दलभित्रका गुटहरूबीच सन्तुलन कायम राख्न र पद लोलुपहरूको भाग पुर्‍याउन यसरी राज्यमाथि बोझ बढाएर सरकार सफल पक्कै हुँदैन । बरु, यो त असफल हुने लक्षण हो । 

प्रधानमन्त्री खड्गप्रसाद ओली साँच्चै नै सरकार  असफल  नहोस् भन्ने चाहन्छन् भने उनले औचित्यहीन तुष्टीकरणको अभ्यास तत्काल रोक्नुपर्छ । कांग्रेस र एमालेमा राजनीतिक अनुशासन कायम राख्न सके सरकारमा पनि भ्रष्टाचार कम हुँदैजानेछ । राजनीतिक दलका नेता कार्यकर्ताको आचरणमा सुधार नहुने हो भने सरकारमात्र होइन शासन प्रणाली नै सङ्कटमा पर्ने निश्चितै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro