अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक हजार १०० रुपैयाँ घटेर कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्