site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं प्रदूषित सहरको एक नम्बरमा, भरतपुरको एक्यूआई तीन सयनजिक  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं सोमबार (आज) फेरि विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत भएको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः१५ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये सबैभन्दा प्रदूषित भएको छ ।

आईक्यू एयरका अुनसार काठमाडौंमा सो समय वायुको गुणस्तर १७६ एक्यूआई पुगेको छ ।  योसहित चैतयता नेपाल तेस्रोपटक विश्वका प्रदूषित सहरको एक नम्बरमा परेको हो ।  दोस्रोमा चीनको बेइजिङ १६३ एक्यूआई र भारतको कोतकत्ता १५८ एक्यूआई सहित तेस्रो नम्बरमा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।

एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० एक्यूआई सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro