site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वायु प्रदूषणको अवस्था भयावह, नेपालीले गुमाइरहेका छन् ४.६ वर्ष आयु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूको वायु प्रदूषणको तह उच्च छ । विशेषगरी काठमाडौं उपत्यकामा वायुको गुणस्तर सूचकांक एक्यूआई दैनिक १५० भन्दा माथि नै छ ।

आइतबार साँझ ५:३० बजे वातावरण विभागको सूचकांकले काठमाडौंको शंखपार्कमा एक्यूआई १९२ पुगेको देखाएको छ । उपत्यकाका भक्तपुर, खुमलटार, कीर्तिपुर, रत्नपार्कलगाइका स्थानमा एक्यूआई १३० देखि १६० सम्म देखिएको छ । 

उपत्यकाबाहिर भरतपुर, पोखरा र कर्णालीको रारा क्षेत्रमा समेत एक्यूआई १५० भन्दा माथि रहेको सूचकांकले देखाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औसतमा दैनिक ५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड राखेको छ । तर, नेपालमा अहिले पीएम २.५ दैनिक औसत ६९ मााइक्रोग्राम प्रति क्युबिक मिटरसम्म भइरहेको विभागको तथ्यांक छ ।

Global Ime bank

वायु प्रदूषण विज्ञ भुषण तुलाधारका अनुसार पीएम २.५ भन्दा साना कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्न र विभिन्न भागमा पुगी जम्मा भएर बसिरहन सक्छन् । यस्ता कण रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने उनी बताउँछन् । 

नेपालमा बर्सेनि ४२ हजार १०० नेपालीको वायु प्रदूषणसम्बन्धीत रोगहरूबाट मृत्यु भइरहेको वातावरण विभागको तथ्यांक छ । श्वासप्रश्वाससम्बन्धी रोगको ६६ प्रतिशत, मुटुरोगको ३४, स्ट्रोकको ३७, फोक्सोसम्बन्धी ४७ र नजवात शिशुको मृत्युको २२ प्रतिशत कारण वायु प्रदूषण रहेको विभागको अध्ययनले देखाएको छ । 

वायु प्रदूषणका कारण आम नेपालीले ४.६ वर्ष र काठमाडौंबासीले ३.५ वर्ष आयु गुमाइरहेको एयर क्वालिटी लाइफ इन्डेक्स नेपाल फ्याक्टसिट, २०२३ मा उल्लेख छ ।

काठमाडौंको वायु प्रदूषण ३० प्रतिशतमात्रै घटाउन सके काठमाडौंबासीको आयु १.२ वर्षले बढ्ने पनि फ्याक्टसिटमा उल्लेख छ ।

घरबाहिर निस्कँदा मास्कको प्रयोग मात्रैले पनि पीएम २.५ को असरबाट धेरै हदसम्म बच्न सकिने अध्ययनहरूले देखाएका छन् । यूएसएडका अनुसार सामान्य कपडाको मास्कले पीएम २.५ का कणहरूलाई शरीरमा प्रवेश गर्नबाट ६० प्रतिशतसम्म जोगाउँछ ।

यस्तै, सर्जिकल मास्कले ९० प्रतिशत र एन ९५ ले ९५ प्रतिशतसम्म सुरक्षा गर्ने यूएसएड क्लिन एयरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement