site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कार्ययोजनाविहीन पर्यटनमन्त्री तामाङ, डेढमहिना बित्दा पनि छलफलमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले मन्त्रालय सम्हालेको डेढ महिना पुगेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेपछि मन्त्री तामाङ २०८० फागुन २२ पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका थिए । तामाङले मन्त्रालयको जिम्मेवारी पाएको डेढ महिना पूरा भएको छ ।

मन्त्री तामाङले आइतबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखे । उक्त कार्यक्रममा पत्रकारहरुले मन्त्रालयका कार्ययोजना के–के छ ? भनी जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री तामाङले कार्ययोजना बनाइनसकेको जानकारी दिए ।
 
“मन्त्रालयले कार्ययोजना बनाएको छैन । मन्त्रालयको कार्यभार अलि भेग खालको छ । विभाग, समिति, कोष गरे धेरै निकाय भएकाले छलफलकै क्रममा छौँ,” मन्त्री तामाङले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मातहतका निकायमाथि प्रश्नै प्रश्न 

मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटको प्रक्रिया अन्तिम चरणमा छ । पत्रकारहरुले मन्त्री तामाङलाई तपाईले आफ्नो पार्टी निकटको कार्यकर्तालाई बोर्डको सीईओको जिम्मा लगाउँदै हुनुहुन्छ  हो भनी प्रश्न सोधेका थिए । 

Global Ime bank

जवाफमा मन्त्री तामाङले सीईओ छनोटका लागि छुट्टै समिति गठन भएर काम भइरहेको र त्यसमा आफूले कनै पनि हस्तक्षेप नगर्ने बताए ।

यस्तै, नेपाल वायुसेवा निगमको सुधारको कार्ययोजना के छ भन्ने प्रश्नमा मन्त्रीले त्यस विषयमा छलफल भइरहेको र छिट्टै नै निष्कर्षमा पुग्ने जवाफ दिए । निगमको गरिरहेको काम कारवाहीकाबारे निगम अध्यक्षसँग जवाफ माग गरेको बताए ।

मन्त्रालय मातहत रहेको दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बित्दा पनि नियमित उडान हुन सकेको छैन । 

अर्बौं लगानीका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडान हुन नसक्दा घाटामा चलिरहेका छन् । भैरहवा विमानस्थल सात अर्ब १९ करोड लागत परेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चिनियाँ एक्जिम बैंकबाट २८ अर्ब ऋण लिएको छ ।

नियमित उडानका लागि राज्यले नै चासो नदिएको भन्ने समेत गुनासो आइरहेको हुन्छ । यद्यपि पीपीपी मोडलका लागि सरकारले आन्तरिक गृहकार्य समेत गरिरहेको छ ।  तर, पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थमा जडान गरिएको इन्ष्ट्रुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस) भारतले अनुमति नदिँदा सञ्चालनमा आउन सकेको छैन । 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विषयमा मन्त्रालयमा सचिव दिपक काफ्ले छलफल भइरहेको बताए । उनले विमानस्थलाई चल्दै नचलेको भन्न नमिल्ने समेत बताए ।

“चल्दै नचलेको भन्न मिल्दैन । अन्तर्राष्ट्रिय उडान भएका छन्, चार्टर उडान पनि भएका छन् । तर, कम उडान भएका छन्’’ उनले भने, ‘‘हामीले चाहे जस्तो वा सोचे जस्तो हिसाबले चलिनुपर्ने भन्ने कुरा छ । यद्यपि यी विमानस्थल सञ्चालनका लागि मन्त्रालय र नेपाल सरकार गर्नुपर्ने काम गरिरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement