site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माताको भेषमा मन्दिरमा गएर मूर्ति 'चोर्ने' तीन महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

तुलसीपुर ।  प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरू तीनै जनाले आफूहरू माता रहेको र भगवान्‌ले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरूविरुद्ध जाहेरी दिन लागिएको बताए । उनीहरूमाथि सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro