site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सबीले ल्याइन् ‘अपरिभाषित आभा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि सबी श्रेष्ठले लेखेको मुक्तककृति ‘अपरिभाषित आभा’ एक समारोहकाबीच सार्वजनिक भएको छ । कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले कृति सार्वजनिक गरे । 

शनिबार पुतलीसडक काठमाडौंमा सम्पन्न कार्यक्रममा कृति सार्वजनिक गर्दै मुक्तककार शेरचनले पछिल्लो समय नेपाली नारी स्रष्टाहरू मुक्तक विधामा निकै नै लागिपरेको बताइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

लोकार्पित कृतिमाथि समीक्षकद्वय डा. रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार सबीले विभिन्न भावका चोटिला अभिव्यक्ति कृतिभित्र प्रस्तुत गरेको बताए उल्लेख गरे । 

उक्त अवसरमा आवरण प्रकाशनका कवि रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिँदै गर्दा यो पृथक आकारको किताब निकालेको बताए । यस किताबको आकार खल्तीमा राख्न मिल्ने पकेट साइजको सम्पूर्ण रंगीन कलेवरमा रहेको छ ।

Global Ime bank

मुक्तककार सबी श्रेष्ठले यूरोपतिर यस्ता किताब धेरै देखेको हुँदा आफूलाई पनि त्यस्तै किताब निकाल्न मन लागेको बताइन् । 

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोपप्रियता विश्वव्यापी बन्दै गएको उल्लेख गरे भने मुक्तककार सुनिल अधिकारीले पकेट साईजको कृति अत्यन्तै आकर्षक रहेको दाबी गरे । 

कार्यक्रममा लोकार्पित कृतिबाट कविहरू कल्पना काफ्ले, मीना चौलागाईं, सन्तोष अम्गाई र सीता रिजालले कृतिभित्रबाट मुक्तक वाचन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement