site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रेजिना पाण्डेको कथाकृति ‘अस्तित्व’ लोकार्पित 
SkywellSkywell

काठमाडौं । पत्रकार तथा कथाकार रेजिना पाण्डेको पहिलो कथाकृति ‘अस्तित्व’ एक समारोहबीच सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कथाकार मणि लोहनीले कृतिमाथि चर्चा गर्दै रेजिना सम्भावना बोकेकी कथाकार भएको बताए । कृतिभित्रका कथाहरूमा कथाकारले पुरुषको मनोविज्ञानलाई उतार्ने प्रयास गरेको बताउँदै लोहनीले कृतिभित्रका सम्बन्धवादी कथाहरू आफूलाई मनपरेको बताए ।

Dabur Nepal
NIC Asia

साहित्यिक पत्रकार जयदेव भट्टराईले रेजिनाको कथा लेखनको निरन्तरताको कामना गरे । कथाकार पाण्डेले समाजभित्रका कतिपय पात्रहरूले आफूलाई कथा लेख्न घच्घच्याएको बताइन् ।

उक्त अवसरमा अग्रज पत्रकार शम्भु श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कथाकारलाई शुभकामना दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu