site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अजय क्रान्तिकोे ‘बुद्धका मौलिक दर्शन’ विमोचित

काठमाडौं । बौद्ध दर्शनमा विद्यावारिधि गरेका डा. अजय क्रान्ति शाक्यको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक विमोचन गरेपछि भिक्षु एवं अनगारिका गुरुमाँहरूमा संघदान गरिएको थियो ।

विमोचनपछि उनले बुद्ध धर्म अन्धविश्वास नभएर वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताए । उनले पुस्तकले बुद्धको चेतना विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

पुस्तकमा क्रान्तिले बौद्ध धर्म दर्शनानुसार जीवन के हो ? मानिस के हो ? यो भवचक्र किन चलिरहेको छ ? पूर्वजन्म भनेको के हो ? कर्म भनेको के हो ? लोभ, मोह, तृष्णा के हुन् ? जस्ता प्रश्नको सरल भाषामा जवाफ दिने प्रयास गरेको बताएका छन् ।

उनले ध्यानका विषयमा केन्द्रित बृहत् ग्रन्थ तयार गरेको र त्यसको पहिलो भागका रूपमा ‘बुद्धका मौलिक दर्शन’ पुस्तक प्रकाशित गरिएको उल्लेख गरे । दोस्रो भाग छिट्टै प्रकाशित गर्ने र यसमा नसमेटिएका विषय त्यसमा हुने क्रन्तिको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro