site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहकारीबाट 'चोरी गर्ने' ६ जना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहकारीबाट चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । झापामा सहकारीबाट चोरीका १३ वटा घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ फाखेलका २८ वर्षीय अजय राना मगर रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार उनीहरूले विभिन्न मिति, समय र स्थानहरूबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेका थिए ।

उनीहरूलाई गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट पक्राउ गरेको हो ।

Global Ime bank

उनीहरूलाई दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूविरुद्ध आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको समय लिएर अनुसन्धान थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !