site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय संयुक्त संघर्ष समितिको चेतावनी– १५ दिनभित्र माग पूरा नभए आन्दोलन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले १५ दिनभित्र आफ्ना माग पूरा नभए काठमाडौंलगायत देशव्यापी रूपमा सामूहिक सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले आफूहरूका माग यही वैशाख २३ गतेसम्म पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक चन्द्रबहादुर थापाले राज्य प्रशासनबाटै विभिन्न नाममा पेसा, व्यवसायी तथा मजदुरमाथि शोषण, अन्याय र अत्याचार भइरहेको बताए । राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृति र जनताको जीवनरक्षाका निम्ति ‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारासहित आन्दोलनको घोषणा गर्नुपरेको उनले उल्लेख गरे ।

Argakhachi Cement Island Ad

उनले सम्पूर्ण नागरिक ‘गर वा मर’को स्थितिमा रहेको भन्दै आफूहरूका माग १५ दिनभित्र पूरा नभए काठमाडौंलगायत देशव्यापी रूपमा सामूहिक सत्याग्रहसहितको आन्दोलन गर्ने बताए ।

विभिन्न मापदण्डका नाममा नवीकरण गर्न रोक लगाइएका खानी तथा कसर उद्योगहरूलाई तत्काल नवीकरण गरी उत्पादित सामग्रीको बजारीकरण र निर्यातका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने, जातीय विभेद पूर्णतः अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नुपर्ने, महँगी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न सुशासनको प्रत्याभूति हुने गरी राज्यले आवश्यक पहल गर्नुपर्नेलगायत माग उनीहरूले गरेका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्