site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवामा ४३.६ डिग्री सेल्सियस, कहाँ कति गर्मी ?
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । प्रिमनसुन सुरु भएयता नेपालमा गर्मी बढ्दै गएको छ । आउँदा दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३२.१ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस थियो ।

शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४०.६, सिमराको ४०.३, धनगढीको ३९.८, जनकपुरको ३९.४, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४०.७, सिमराको ३६.२, धनगढीको ४०.६, जनकपुरको ३८, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।

शुक्रबारको तुलनामा शनिबार नेपालगन्ज, धनगढीको तापक्रम थोरै घटेको देखिन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मौसममा बदली हुँदा केही स्थानमा तुलनात्मक रूपमा तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाले शनिबार सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

udfmg-1713618771.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro