site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अरूले गरेको निर्णय मान्न बाध्य हुँदैनौँ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र अरूले निर्णय गरेर पालना गर्न निर्देशन दिने विषय स्वीकार्य नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको कोसी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले आफ्नो दलको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गरे । अरूले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने विषय स्वीकार्य नहुने उनले चेतावनी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूहरू सम्मानजनक ढंगबाट अघि बढ्न चाहेको उनले बताए । राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको राजनीतिक संकट टार्न आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको अवस्थामा ल्याएको भन्दै उनले धन्यवाद दिए ।

Global Ime bank

उनले लुम्बिनी र वाग्मती प्रदेशमा पनि आफ्नो पार्टीलाई बिनाविभागीय मन्त्री दिइएको भन्दै आपत्ति जनाए ।

छोटो अवधिमा तीनपटक गठबन्धन परिवर्तन भएको उनले स्मरण गरे । वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement