site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम पुगेर गगनले भने– एमाले/माओवादी गठबन्धन २०८१ को माघ कटाउँदैन 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघिको गठबन्धन मतदाताका लागि धोका भएको बताएका छन् । सिंगो देशलाई गठबन्धनको राजनीति टिक्दैन भनेर जवाफ दिने बेला आएको उनको भनाइ छ । 

इलामको चोकबजारमा आज भएको आमसभामा उनले भने, “एमाले–माओवादी मतदातालाई आह्वान गर्न चाहन्छु– गठबन्धन केही वर्ष अघिबाट प्रारम्भ भयो, यहाँ आएर खतम भयो भनेर जवाफ दिने बेला आएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उपचुनाव सरकार बनाउन नभएको भन्दै उनले यसमा मतदाता सचेत हुनुपर्ने बताए । “आज एमाले र माओवादी जोडिएर आउनु भएको छ,” महामन्त्री थापाले भने, “आज वैशाखको ८ गते म यहाँ उभिएर भन्दैछु, २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु । चुनावअघि गठबन्धन मतदातालाई धोका हो ।” 

उनले सुवास नेम्वाङलाई आफूले संविधानसभा अध्यक्ष र गणतन्त्र आवश्यक छ भनेर वकालत गर्ने व्यक्तिका रूपमा सम्झिने गरेका बताए । “म पात्रको कुरा गर्दिनँ तर पुत्र वा पुत्री भएकै कारण अवसर पाउँछ भने त्यो गणतन्त्र होइन,” उनले भने, “कुनै पनि व्यक्तिले आफ्नो मिहिनेतले उभिनुपर्छ । इलाममा राजतन्त्र फर्किएको हो ? गणतन्त्र कि राजतन्त्रको पक्षमा मतदान गर्ने हो ? प्रश्न गर्ने बेला तपाईंको हो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement