site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीन तहकै सरकारलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यान पुगेन : मन्त्री जोशी
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान नपुगेको स्वीकार गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले आवश्यक ध्यान दिन नसक्दा प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका आवाज उठिरहेका बताए । 

उनले प्रदेश सरकार र ७५३ स्थानीय सरकारलाई सेवा प्रवाहमा प्रभावकारी बनाउने विषयमा संघ सरकारले सशक्त भूमिका खेल्न नसकेको बताए । मन्त्री जोशीले आफूले चाहेअनुसार मन्त्रालयको काम कारबाही अघि बढाउन नसकेको गुनासो गरे । उनले आफ्नो मन्त्रालयले संघीय मामिला र सामान्य प्रशासनसम्बन्धी दुवै तर्फ हेर्नुपर्दा संघीय मामिलाका विषयहरू ओझेलमा पर्ने गरेको बताए । 

“संघीयताका मामिलामा मन्त्रालयले दुई क्षेत्र हेर्छ । संघीय मामिलाका सबै कामहरू ओझेलमा पर्दा रहेछन् । संघीय मामिला मन्त्रालय, केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारबीचको जसरी सुशासनको व्यवस्था गर्नुपर्ने हो, हामीले जसरी त्यसको व्यवस्थापन गर्नुपर्ने हो, यो मन्त्रालयले । तलतल हामीप्रति धेरै असन्तुष्टि छ । असन्तुष्टि यति धेरै छ कि, कहिले काहीँ त यो प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका कुरा छन् । प्रदेश सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने कुरामा ७५३ वटै स्थानीय सरकारलाई प्रभावकारी बनाउनुपर्ने थियो । यहीँ पनि मन्त्रालयका काम कारबाही जसरी व्यवस्थित बन्न्नुपर्ने थियो, त्यो हामीमा अहिले पनि कमजोरी रहेको महसुस गरिरहेका छौँ,’ मन्त्री जोशीले भने । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro