site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरभित्रको धुवाँ पनि स्वास्थ्यका निम्ति उत्तिकै घातक
Sarbottam CementSarbottam Cement

काठमाडौं । वायु प्रदूषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसको मृत्यु हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा वार्षिक ४२ हजार मानिसको मृत्युको प्रत्यक्ष कारण वायु प्रदूषण हो । जसमा बाहिरी वायुमण्डलमा भएको प्रदूषण र घरभित्रको धुवाँ दुवैको उत्तिकै भूमिका हुन्छ ।

डब्लूएचओका अनुसार ३० प्रतिशत मानिस घरभित्र भएको वायु प्रदूषणको जोखिममा छन् । नेपालमा विशेष गरी दाउरा, गुोइँठा, मट्टीतेल, कोइलाजस्ता स्रोतबाट निस्कने धुवाँ पनि अति घातक हुन्छ । 

नेपालमा ७७ प्रतिशत जनसंख्या दाउरा वा कुनै न कुनै स्रोतबाट आगोको प्रयोग गर्ने हुँदा वार्षिक २४ हजार जनसंख्याको मृत्युको कारण घरेलु वायु प्रदूषण रहेको डब्लूएचओको तथ्यांक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वायुमण्डलमा वायुको गुणस्तर मापनमा प्रमुख सूचकांक पीएम (पर्टिकलुटर म्याटर) २.५ र पीएम १० लाई मानिन्छ । पीएम २.५ र पीएम १० मार्फत वायुमण्डलमा धुलो तथा खराब ग्यासहरूको कणलाई मापन गरिन्छ ।

वातावरण विज्ञ रिना चौधरीका अनुसार पीएम १० को आकार ठूलो भएकाले यस्ता कणहरू वायुमण्डलबाट जमिनको सतहमा तुलनात्मक रूपमा चाँडै नै थिग्रिन्छ । 

Global Ime bank

तर, पीएम २.५ अति मसिना धुलाका कण भएकाले जमिनका सतहमा सजिलै थिग्रिँदैन र लामो समयसम्म हावासँगै वायुमण्डलमा रहिरहन्छ । पीएम २.५ कणहरू श्वासप्रश्वासको माध्यमबाट संवेदनशील अंगहरूसम्म पुग्ने गर्छन् । 

त्यसैले पनि पीएम २.५ को मात्रा बढी भएको वायुस्वास्थ्यका निम्ति घातक मानिन्छ । यस्ता कणहरू सवारी साधनमार्फत निस्कने धुवाँ, वन डढेलो मात्रै नभई घरभित्रको धुवाँबाट पनि पर्याप्त निस्कन्छ । यस्तोखाले प्रदूषणले श्वासप्रश्वास, फोक्सो, मुटु हुँदै मस्तिष्कसम्म नै असर पुर्‍याउने विभिन्न अध्ययनले देखाएका छन् । 

दाउरा बाल्दा, फोहोर जलाउँदा वा चुरोटबाट निस्कने विषाक्त धुवाँले छाला, कपाल र नङसमेतलाई असर पुर्‍याइरहेको छालारोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् । उनका अनुसार घरेलु धुवाँले डार्क सर्कल बढाउँदै लैजाने, कपाल सुख्खा हुने, नङ, छालाको बाथरोग, बाहिर देखिने अंगहरूमा दाग धब्बा र छालाको एलर्जी गराउँछ । 

यस्तै, घरेलु धुवाँले आँखाको बाहिरी ढक्कन र नानीसम्म पनि असर पुर्‍याउने नेत्ररोग विशेषज्ञ डा. कौशल पोख्रेलको अनुभव छ । लामो समयसम्म प्रदूषित कणहरू आँखाको सम्पर्कमा रहँदा आँखामा आँशु सुक्ने, आँखाभित्रै रहेका प्राकृतिक तत्वहरूलाई समेत नष्ट गर्दछ । यसले सुख्खा आँखा, एलर्जिक कन्जन्टिभाइटिस, आँखा सुन्निने पोल्ने लगायतका समस्या निम्त्याउने डा. पोख्रेल बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement