site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रहरीको लापसे चेकिङ पाँच चालक नियन्त्रणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका पाँचजना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०४४४ नम्बरका बस चालक सुर्खेतको भेरीगंगा नगरपालिका–९ का ३० वर्षीय अविरल प्रेम बिक, वाग्मती प्रदेश ०१–००६ ख ६३४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका–६ का २२ वर्षीय इन्द्रबहादुर गुरुङ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, बा ३ ख ८१६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका–८ का ३३ वर्षीय धुर्व बस्याल, बा २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका–६ का २४ वर्षीय रमेश बिक र वाग्मती प्रदेश ०१–०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका–१ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement