site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार छौँ ः एमाले
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले शनिबारदेखि ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद्बाहेकका ३८१ जना आयोजक कमिटीसहित दुई हजार ४५४ जना सहभागी हुने एमालेले जनाएको छ । दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेस हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रथम विधान अधिवेशन र १०औँ राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसावले सवैभन्दा ठूलो औपचारिक फोरम भएको बताए । बैठकमा एमालेका विभिन्न अभियानको समीक्षा हुने र मिसन–८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए । त्यस्तै, पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए । अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे । 

प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement