site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्स्पो आगामी यही वैशाख १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्‍यालीका अलवा उच्चस्तरीय बिजनेश मिटिङ आयोजना गरिएको छ । जसमा भारतका अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेश मिटिङ हुनेछ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक गतिविधिहरू सुस्त भइरहेको अहिलेको अवस्थामा एक्स्पोमा उत्साहजनक सहभागिता भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । 

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरू, परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता हुने  एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका कार्यकारी निर्देशक विजय सागर प्रधानले बताए  ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC