site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं फेरि प्रदूषित सहरको एक नम्बरमा, एक्यूआई २५५ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पुनः पहिलो नम्बरमा परेको छ । वातावरण विभागको शुक्रबार दिउँसो ३ बजेको रेकर्डअनुसार काठमाडौंको शंखपार्कमा वायुको गुणस्तर एक्यूआई २५५ पुगेको छ ।

वायु प्रदूषणको यो तह अति अस्वस्थकर अवस्था हो । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको दिउँसो ३ बजेको रेकर्डअनुसार नेपाल विश्वका १२२ प्रदूषित सहरमध्ये एक नम्बरमा छ ।यसअघि अप्रिल ७ मा पनि काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा परेको थियो । सो दिन एक्यूआई २१५ पुगेको विभागको रेकर्ड छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वातावरण विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकाको कीर्तिपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटी लगायतका क्षेत्रमा एक्यूआई ११२ देखि १४३ सम्म छ ।

काठमाडौंमा बिहीबार २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १५८ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई २०० भन्दा माथि रहेको वायुलाई विश्व स्वास्थ्य संगठनले  अति अस्वस्थकरको वर्गमा राखेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC