site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फरच्युना हेल्थ केयरले थाल्यो नेपालमै सिरिन्ज उत्पादन 

काठमाडौं । फरच्युना हेल्थ केयर प्रालिले नेपालमै सिरिन्ज उत्पादन सुरू गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा अध्यक्ष रहेको फरच्युनाले नेपालमा पहिलोपटक ललितपुरको चुनिखेलमा सिरिन्ज उद्योग सञ्चालनमा ल्याएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले बिहीबार उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिन्जकाे बिक्रीसमेत सुरू भएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकल सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको अध्यक्ष राणाले जानकारी दिइन् । 

नेपाली बजारमा आवश्यक पर्ने सबैखाले सिरिन्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्योगले उद्देश्य लिएको उनले बताइन् । एक वर्षमा ६ करोड ४७ लाखको संख्यामा सिरिन्ज स्वदेश भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी, सेवाग्राही र बिरामीले दुःख पाइरहेको उनको भनाइ छ । फरच्युनाले तत्कालका लागि नेपाली बजारमा बिक्री गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य लिएको छ ।

फरच्युना हेल्थ केयरमार्फत् उत्पादन हुने सिरिन्जले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट समेत मान्यता लिइसकेको छ । संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रहेर आईएसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको उत्पादक कम्पनीले जनाएको छ ।
अध्यक्ष राणाका अनुसार उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro