site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीप जोराको अर्धशतकमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य 

काठमाडौं । सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सन्दीप जोराबाहेक अन्य ब्याटर चल्न नसक्दा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र बनाएको हो ।

सन्दीपले ३९ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो तेस्रो अर्धशतक हो । गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । यसबाहेक नेपाल अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाल आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डक भएका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी समान पाँच रनमा आउट हुँदा कुशल मल्लले पनि तीन रनमात्र थप्न सके । सोमपाल कामी दुई रन थपे ।

नेपाललाई सस्तैमा रोक्न यूएईका बसिल हमिद, अलि नासिर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । मुहम्मद फारुक, अयान अफजल खान र ओमिद सफी रहमानले एक–एक विकेट हात पारे । प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाललाई एसिया कप छ्नोट हुने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro