site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यात्रुको तीनवटा औँला भाँचिदिने इनड्राइभ चालक पक्राउ

काठमाडौं । प्रहरीले एकजना इनड्राइभ चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी घर भएर हाल काठमाडौंस्थित टोखामा बस्दै आएका २६ वर्षीय जोन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार गएको चैत १४ गते दिउँसोको समयमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल छेउमा पुगेपछि मोटरसाइकल चालक तामाङले अर्को बाटो लग्न खोजेपछि यात्रु केशव घिमिरेसँग विवाद भएको थियो ।

घिमिरेले विवादबारे प्रहरीलाई खबर गर्ने बताएर चाबी निकालेका थिए । उनीहरूबीच चाबी खोसाखोस भएको थियो । त्यस क्रममा घिमिरेको दाहिने हातको तीनवटा औँला भाँचिएको प्रहरीले जनाएको छ ।

त्यसपछि इनड्राइभ चालक फरार भएका थिए । घटनाबारे घिमिरेले प्रहरी बृत्त सिंहदरबारमा निवेदन दिएका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रम्मा प्रहरीले तामाङलाई बुधबार बानियाँटारबाट प्रकाउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धानको काम भइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro