राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्रिपरिषद् बैठक लगत्तै भएको भेटमा सामान्य कुराकानी भएको गृहमन्त्री लामिछानेले बताए । “सामान्य छलफलका लागि बैठक बसेको हो । निरन्तर छलफल भइरहन्छ । एजेन्डा विशेषमा छलफल होइन,” उनले भने ।
उनले समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताए । ओली झापाबाट काठमाडौं आए लगत्तै सिंहदरबार पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १८:४९
प्रतिक्रिया दिनुहोस्