site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरान र इजरायलबीचको द्वन्द्वमा किन घुस्यो जोर्डन ?

जोर्डन । त्यो रात इरानले इजरायलमाथि ड्रोन र मिसाइल प्रयोग गरी गरिएको आक्रमणले संसारको ध्यान अरब दुनियाको आकाशमा पर्यो ।

हालै दमस्कसमा इरानी वाणिज्य दूतावासमा आक्रमण भएको थियो । यो आक्रमणको जिम्मेवारी इजरायलले लिएन । यद्यपि संयुक्त राष्ट्र संघमा आमधारणा छ कि यो आक्रमणको पछाडि इजरायलको हात छ ।

पछिल्ला ६ महिनामा इजरायल र हमासको युद्धका कारण संसारको ध्यान अरब दुनियामा पर्दै आएको हो । यसले गर्दा इरानको पछिल्लो हमलालाई पनि धेरैले चासोका साथ हेरेका छन् । रातको समयमा अलग—अलग समयमा पछिल्लो आक्रमण गरिएको थियो । इजरायल यो हमलाको खिलाफमा आफ्ना सहयोगीको मदतले आफ्नो रक्षा गर्न सफल भयो ।

इजरायलको तर्फबाट दिइएको बयानमा ड्रोन र मिसाइल आफ्नो आधुनिक सुरक्षा प्रणालीको मद्दतबाट गिराइयो र केहीलाई इजरायलको सीमामा अमेरिकासहित अन्य सहयोगीको मद्दतबाट गिराइएको थियो । ती सहयोगीमा अमेरिका, बेलायत, फ्रान्स र जोर्डन थिए । अमेरिका, बेलायत र फ्रान्स तीन वटै पश्चिमी देश हुन् ।

यद्यपि मध्यपूर्वको एक मुश्लिम देश जोर्डनको तर्फबाट इरानका ड्रोन र मिसाइल गिराउने काम भयो । यसरी जोर्डनले इजरायललाई सघाएको देखेर पाकिस्तान समेत विभिन्न मुश्लिम देशका सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । केहीले जोर्डनको आलोचना समेत गरेका छन् । पाकिस्तानमा सामाजिक सञ्जाल एक्स टप ट्रेन्डमा रह्यो ।

Global Ime bank

यसबारेमा पाकिस्तानको माथिल्लो सदन सिनेटका पूर्वसदस्य तथा जमात ए इस्लामीका नेता मुश्ताक अहमद खानले जोर्डनका राजा अब्दुल्लाह द्वितीयको तस्बिर पोस्ट गरी उनबारे नकारात्मक धारणा राखेका थिए । मुश्ताकको उक्त पोस्टमा २६ लाख भन्दा बढीले आफ्नो राय दिएका छन् ।

उनले ‘आजाद डिजीटल’ नामको उक्त प्लेटफर्ममा भनेका छन्, “जोर्डनका राजाको कहिल्यै पनि सद्बुद्धि आएन कि उनले इजरायलको मिसाइल, ड्रोन र जहाज रोकून् । तर, इरानले जब इजरायलमाथि मिसाइल र ड्रोनले हमला गर्यो, त्यतिबेला उनले त्यसलाई असफल गराइदिए । यो मलाई निकै नराम्रो लाग्यो ।”

पाकिस्तानमा मात्रै होइन जोर्डनभित्रै पनि यो यसमा आलोचना भइरहेको छ । केही साताअघि अमेरिकी दूतावासको बाहिर इजरायल विरोधी प्रदर्शन भएको थियो । याद रहोस्, जोर्डनमा हरेक ५ जनामा एक जनाको सम्बन्ध प्यालेस्टाइन क्षेत्रसँग छ ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी पत्नी महारानी रानिया पनि प्यालेस्टाइनसँग सम्बन्ध भएकी व्यक्ति हुन् । उनले गाजामा भएको गम्भीर मानवीय संकटको बारेमा आवाज उठाएकी थिइन् । सार्वजनिक आलोचनापछि जोर्डन सरकारले एक वक्तव्य जारी गरी उसले आफ्नो क्षेत्रको आवादीमा सुरक्षा दिन यो कारवाही गरेको जनाएको छ ।

वक्तव्यका अनुसार, केही अब्जेक्टस (मिसाइल र ड्रोन) हाम्रो वायु क्षेत्रमा आएका थिए । त्यसलाई हामीले यस कारणले रोक्यौं कि हाम्रा मानिस र आवादीवाला क्षेत्रका लागि ती खतरा थिए । गिराएका ट्क्राहरु जोर्डनका अलग–अलग क्षेत्रमा झरे, तर त्यसले कसैलाई पनि नोक्सान पुगेन ।’

वक्तव्यमा भनिएको छ, ‘हाम्रो सेनाले जोर्डनको रक्षाका लागि भविष्यमा कुनैपनि देशको तर्फबाट गरिएको हमला रोक्नेछ र आफ्नो देश, नागरिक, आफ्नो वायु सीमा र क्षेत्रको सुरक्षा गर्नेछ ।’

इरानको सरकारी समाचार एजेन्सीको रिपोर्टका अनुसार, इरानको रिभुलस्नरी गार्डको तर्फबाट भनिएको थियो, ‘इजरायलको खिलाफको हमलाको दौरान जोर्डनको कारबाहीप्रति नजर राख्ने काम भइरहेको छ । यदि जोर्डनले हस्तक्षेप जारी राखेमा ऊ अघिल्लो लक्ष हुन सक्छ ।’

तथापि इरानका गृहमन्त्री नासिर कनानीले प्रेससँगको कुराकानीमा भनेका छन्, “म यो हमलामा जोर्डनको तर्फबाट निभाइएको भूमिकाबारे कुरा गर्ने अवस्थामा छैन । यो एक सैनिक मामिला हो । जोर्डनसँग हाम्रो सम्बन्ध राम्रो छ । पछिल्ला केही महिनाको दौरान दुवै देशका अधिकारीको बीच लगातार छलफल भइरहेको छ ।”

याद रहोस्, इरानको समर्थन रहेको इराकी मिलिसिया समूह अल मकामूता इश्लामियाको तर्फबाट जोर्डनमा रहेको एक अमेरिकी सैनिक अड्डा ‘टावर २२’ मा ड्रोन हमला गरिएको थियो । यो हमलामा तीन अमेरिकी सैनिक मारिएका थिए । जसमा ३४ जना घायल समेत भएका थिए ।

ऐतिहासिक रुपमा जोर्डनलाई अमेरिका नजिकको एक सहयोगी मानिने गरेको छ । तथापि इजरायलसँग उसको सम्बन्ध सन् १९९०को दशकदेखि नै राम्रो थियो । त्यतिबेला अमेरिकी मध्यस्थतामा दुई देशबीच सम्झौता भएको थियो ।

भौगोलिक दृष्टिबाट जोर्डन मध्यपूर्वमा एक अत्यन्त संवेदनशील स्थानमा छ । जोर्डनको सीमा सम्बन्ध साउदी अरब, इराक र सिरियाबाहेक इजरायल र वेस्ट बैंकसँग समेत छ ।

जोर्डनमा प्यालेस्टाइन क्षेत्र र सिरियाबाट समेत ठूलो संख्यामा शरणार्थी आएका छन् । जोर्डनमा राजतन्त्र छ । यो समय जोर्डनमा राजा अब्दुल्लाह द्वितीय छन् । यो हाशमी वंशको राजतन्त्र हो । यो वंश सन् १९४६ मा बेलायतबाट जोर्डन मुक्त भएपछि शासनमा छ ।

राजा अब्दुल्लाहको सरकारी वेबसाइटमा हाशमी परिवारको इतिहास र वंशावली विस्तारमा उल्लेख गरिएको छ । जसका अनुसार, जोर्डनका राजाको वंशावली इश्लामका पैगम्बर हजरत मोहम्मद र उनका बुढा हजुरबा हाशिमसँग गएर जोडिन्छ ।

२० औं शताब्दी भन्दा पहिला ४सय वर्ष सम्म यो क्षेत्रमा उस्मानिया सल्तनत (अटोमन साम्राज्य) थियो । यसले पहिलो विश्व युद्धको क्रममा गठबन्धन देशका साथ युद्ध गर्ने फैसला गरेको थियो । यो फैसलाप्रति मक्काका त्यसबेलाका अमीर (स्थानीय शासक) शरीफ हुसेन बिन अलीलाई उस्मानियाबाट स्वतन्त्रताको मौका मिलेको थियो ।

बेलायत समेत दोस्रो गठबन्धन शक्तिको सहायतामा १९१६ मा अरब आन्दोलनपछि मक्का उस्मानिया सल्तनतबाट स्वतन्त्र भएको थियो । १९१७ मा एंग्लो अरब सेनाले सो क्षेत्रको नियन्त्रण लिएको थियो । त्यसमा प्यालेस्टाइनको क्षेत्रपनि सामेल थियो ।

सन् १९२१ मा प्यालेस्टाइनको सो क्षेत्रबाट अलग गरेर ‘ट्रान्स जोर्डन’ को उद्देश्य अघि सारियो । यसपछि अब्दुल्लाहलाई शासन सुम्पने काम भएको थियो । जो पछि जोर्डनका पहिलो बादशाह बनेका थिए ।

बेलायतको तर्फबाट पछि मक्काका अमीर शरिफ हुसेन बिन अलीसँग विवादास्पद बेलफोर डिक्लेरेसनमा हस्ताक्षर गराइयो । यसको बदलामा ठूलो रकम दिने प्रयास भएपनि उनले मानेनन् । यसपछि गठबन्धनका देशको तर्फबाट साउदी परिवारको साथमा सम्झौता गरियो ।

बेलफोर घोषणा वास्तवमा बेलायतले प्यालेस्टाइनमा यहुदीलाई बसाउन एक अलग देश बनाउने एक विवादास्पद योजना थियो । १९४६ सम्म उक्त क्षेत्र बेलायतको रेखदेखमा शासन चल्दै रह्यो ।

तर, १९४६ मै यो देश स्वतन्त्र भयो, जसको नाम हाशमी जोर्डन किंगडम रहन गएको थियो । १९४८ बाट १९७३ को बीचमा जोर्डन र इजरायलको चार पटक युद्ध भयो । जसमा पहिलो अरब–इजरायल युद्ध १९४८ र १९६७ तथा १९६७ र ७० को बीचमा भएको युद्ध र १९७३ को युद्ध छन् ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको शासनकालमा १९९४ मा जोर्डन र इजरायलबीच शान्ति सम्झौता भएको थियो । त्यसपछि दुई देशबीच तनावको अवस्था छैन ।

जोर्डनको सरकारी वेवसाइटका अनुसार, जोर्डनको झण्डाको कहानी पनि निकै रोचक छ । यो झण्डा उस्मानिया सल्तनतको खिलाफमा अरब आन्दोलनको झण्डाबाट प्रभावित छ । यसमा तीन अलग अलग रंगका पट्टा र एक रातो रंङ्गको त्रिकोण रहेको छ ।

यो झण्डामा सात कोणवाला तारा पनि छ । यसको ताराको हरेक किनारा मुसलमानको पवित्र पुस्तक कुरानको पहिलो सुरा ‘अल फातिहा’को सात आयन्तोको प्रतीक हो । यो ताराले नै यस झण्डालाई प्यालेस्टाइन झण्डाबाट अलग गरेको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu