site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच वर्षमा टीभीआरएस प्रणालीमा ३१ लाख ट्राफिक नियम उल्लंघनका घटना दर्ता
फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक नियम उल्लंघन र ट्राफिक जरिबाना भुक्तानी सम्बन्धी प्रणाली (टीभीआरएस)मा पछिल्लो करिब पाँच वर्षमा ३१ लाख ४७ हजार ९५३ वटा ट्राफिक नियम उल्लंघनका घटना दर्ता भएका छन् । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको उक्त प्रणालीमा आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ती घटना दर्ता भएका हुन् ।
 
“हालसम्म ४५ जिल्लामा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिबाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने ।

टीभीआरएस प्रणाली २०५८ सालमा सुरु भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यो प्रणाली देशभरका ४५ भन्दा बढी जिल्लामा सञ्चालनमा छ । पछिल्लो करिब पाँच वर्षमा यस प्रणालीमा दर्ता भएका कसुरहरूबाट २ अर्ब ३३ करोड २ लाख २८ हजार ९६४ रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ । 

टीभीआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । 

कारबाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्रि गरिन्छ । कारबाहीमा परेका व्यक्तिहरूले अनलाइनमार्फत् वा सम्बन्धित राजस्व खाता भएको बैंकका शाखाहरूमा जरिबानाबापतको राजस्व रकम भुक्तान गर्न सक्दछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu