site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा ६४ जनामा डेंगी संक्रमण

चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो । 

Dabur Nepal
NIC Asia

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए । 

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । उहाँले भन्नुभयो, “डेंगी संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । 

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार ८३१ जनामा डेंगी संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro