site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रश्न– एमाले छँदाछँदै धेरै उमेदवार किन हुनुपर्‍यो ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा अरु उमेदवार किन भन्दै प्रश्न गरेका छन् । बुधबार इलाममा आयोजित चुनावी सभामा एमालेले छोटो समयमै धेरै काम गरेको बताए । “मलाई त अचम्म लाग्छ । कति धेरै उमेदवार भएका होलान् । किन उमेदवार भएका होलान् ? एमाले छँदाछँदै । किन उमेदवार हुनुपर्‍यो,” ओलीले प्रश्न गरे । 

उनले देश बनाउने, शुसासन गर्ने, विकास गर्ने, योजना ल्याउने, काम अघि बढाउने, राजमार्ग बनाउने, महिला उद्यमशीलताका काम एमाले नै गर्ने बताए । जेष्ठ नागरिकलाई अरु बेला कसैले नसम्झिएको बताए । “चुनावका बेला आएर बाबै–आमै भनेर हुन्छ ? एमालेले चार–चार हजार घर–घरमा हातहातमा पुर्‍याएको छ । कुरा मात्रै गर्ने होइन,” उनले भने । 

ओलीले पैसा बाँडेर भोट किन्ने काम एमालेले नगर्ने बताए । “चुनावका बेलामा पैसा बाँडेर, पाँच रुपैयाँ दिन्छु भनेर भाग्ने काम एमालेले गर्दैन । चुनावमा पैसा बाँडेर भोट किन्ने काम एमाले गर्दैन,” ओलीले भने । उनले इलाम–२ को उपपनिर्वाचनका उमेदवार सुहाङ नेम्वाङले नै जित्ने दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC