site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काम गरेर देखाउने बेला आएको छ : सुहाङ नेम्वाङ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम–२ का लागि नेकपा (एमाले) का उमेदवार सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् । बुधबार इलाममा आयोजित चुनावीसभामा उनले नयाँ ढंगले अघि बढ्ने बेला आएको बताए । “कसैको दुस्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरामा कदापी राम्रो ठान्दिन । नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाएर हामीले काम गरेर देखाउने बेला भएको छ,” उनले भने । 

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उमेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । “राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु,” उनले भने, “तपाईंहरूको मायालाई शीरमा राखेर हिँडेको छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले दिवंगत आफ्ना बुबा सुवास नेम्वाङलाई सम्झिए । “भावुक भने पक्कै बनाएको छ । तपार्इंंहरूले लगाइदिएको मालामा खुसी देखिएको छ । सँगसँगै तपाईंको आसु देखिएको छ,” उनले भने । 

उनले आफ्ना बाबुको असल गुणलाई लिएर अपूर्ण काम पूरा गर्ने प्रतिबद्धता जनाए । बाबुले हित हुने गरेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको विकासका सन्दर्भमा प्राथमिकतालाई आत्मसाथ गरेर अघि बढ्ने उनको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC