site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्ष दलले बहिस्कार गरेको बैठकबाट मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनले ६१ मत पाएका हुन् ।

बैठकमा सहभागी ६१ जनामा सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । उनको विपक्षमा शून्य मत पर्‍यो ।

सभामुख रामचन्द्र मण्डलले उनले प्राप्त गरेको मत आवश्यक बहुमत (५३) भन्दा धेरै रहेको जनाउँदै विश्वासको मत पाएको घोषणा गरे ।

बैठकलाई प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी, लोसपाले बहिस्कार गरेका थिए ।

Global Ime bank

पहिलो र दोस्रोपटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डलले तेस्रोपटक विरोध गर्दा जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गरेका थिए । त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिस्कार गरेका थिए ।

त्यसपछि बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको जनाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि बैठक बहिष्कार गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu