site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बंगलादेशका विदेश सचिव काठमाडौंमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बंगलादेशका विदेश सचिव मसुम बिन मोमेन मंगलबार काठमाडौं आइपुगेका छन् । नेपाल–बंगलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । 

उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपाल–बंगलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठक बुधबार काठमाडौंमा हुँदैछ । बठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साले गर्नेछिन् भने बंगलादेशको नेतृत्व मोमेनले गर्नेछन् ।

बैठकमा नेपाल र बंगलादेशबीचका सबै आयामहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा बंगलादेशका विदेश सचिवले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनको बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement