अर्थ व्यवसाय
काठमाडौं । अर्थमुभर एवं निर्माण उपकरण निर्माता जेसीबीले नेपालमा थप सेवा विस्तार गरेको छ । नेपालमा एमएडब्ल्यू अर्थमुभर जेसीबीको आधिकारिक वितरक हो ।
कम्पनीले सीमित ट्र्याक्ड एक्सकाभेटरमा पाँच वर्ष वा १० हजार घण्टासम्म जुन छिटो हुन्छ सोही वारेन्टी उपलब्ध गराउने भएको हो । दुई दशकदेखि जेसीबीको डिलर रहेको एमएडब्ल्यू अर्थमुभरका देशभर ३२ आउटलेट र तीन अपरेटर ट्रेनिङ सेन्टर छन् ।
जेसीबी इन्डियाका सीईओ तथा एसियाकै महत्त्वपूर्ण बजार भएको बताएका छन् । नेपालमा जेसीबीका १० हजार ५०० भन्दा बढी मेसिन सञ्चालनमा छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ १७:५५
प्रतिक्रिया दिनुहोस्