site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा अध्यक्ष दाहालसँग कोरियाको संसदीय टोलीको शिष्टाचार भेट 

काठमाडौं । नेपाल भ्रमणमा रहेका कोरियाको संसदीय प्रतिनिधि टोलीले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेको छ । 

मंगलबार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वका टोलीले अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

भेटका क्रममा अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न आग्रह गरे । जवाफमा कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro