site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाम–२ मा ५४७ मतदाता थपिए
Tiktok banner adTiktok banner ad

फिक्कल । वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार ८८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार ८६९ र दुईजना तेस्रोलिंगी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो ५४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार ३४२ मतदाता थिए । 

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro