site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुप्रिम सहकारी प्रकरण अदालत पुग्यो– रवि लामिछानेका नाममा पटक पटक रकम लिएको भेटियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ ।

ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर करिब चार करोड रुपैयाँ आएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ ।

सुप्रिम सहकारीबाट रवि लामिछानेका नाममा आएको थियो एक करोड ८० लाख !

Global Ime bank

गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो ।  उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ ।

उक्त सहकारीबाट पटक पटक गरेर गोर्खा मिडिया प्रालिमा रकम आएको देखिएको छ । तर लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार ऋण लिँदैमा प्रतिवादी बनाइहाल्नुपर्छ भन्ने लाग्दैन । ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी), स्याङ्जाका ओमप्रकाश गुरुङ, रोल्पाका दिपेशकुमार पुनलगायतका २८ जनालाई प्रतिवादी बनाइएको छ ।

पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । अहिलेसम्म उक्त सहकारी प्रकरणमा तीनजना पक्राउ परेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC