site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन फिट सात इन्चका सागर सगरमाथा चढ्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन् । केवल तीन फिट सात इन्च मात्र उचाइ रहेका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गर्ने भएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वमा फरक क्षमताका भएका व्यक्तिहरूले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको सुनारले बताए । सगरमाथा आरोहण गर्न अप्रिल २१ मा आधार शिविरतर्फ जान लागेको उनले जानकारी दिए । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रालिबाट जान लागेका हुन् । दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आँट आएको उनले सुनाए  । “विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने मेरो चाहना छ,” उनले भने, “हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेला गर्छन् । हेप्छन् । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु ।” 

सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् । सगरमाथासहित सातवटै महादेशका चुचुरोहरू आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement